६ वर्षीया हिफाजाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। हिफाजाले आफ्नो घरबाहिर रहेको सडकको भिडियो रिपोर्ट बनाएकी छन्।उनी नर्सरीमा अध्ययन गर्छिन् र दिनहुँ ट्युसन जान्छिन्। कश्मीरमा भारी हिमपातले गर्दा उनीहरूलाई यो बाटो भएर हिँड्न कठिन भएको छ।त्यसैले उनले यो भिडियो आफ्नी आमाको सहायतामा बनाएकी हुन्। यो भिडियो भाइरल हुँदै जाँदा हिफाजा खुसी छिन् र सरकारले उनीहरूको गुनासोलाई गम्भीरताका साथ लिनेमा आशावादी छिन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुस।