राजसंस्था पक्षधर तीन जना माइतीघरबाट पक्राउ

काठमाडौँ-  आफूलाई देशभक्त राष्ट्रवादी भनी चिनाउने समूहले देशमा राजसंस्था स्थापनाको माग राख्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ। उनीहरुले राष्ट्रपतीय व्यवस्थाको खारेजीको माग राख्दै देशमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताएका थिए। प्रदर्शन गरेपछि उक्त समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। समूहका अनुसार प्रदर्शनपछि अर्काे कार्यक्रमको तयारी गरिरहँदा उनीहरु पक्राउ परेका हुन्।