जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा पनि व्यक्त गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोर