मेडिकल काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ

उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरी परीक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै  मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।