जुम्लामा सम्बन्ध विच्छेदका घटना बढे - Naya Patrika
जुम्लामा सम्बन्ध विच्छेदको घटना बढ्दै गएको छ । जिल्ला अदालत जुम्लामा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । जिल्ला अदालतमा दर्ता भएका ९६ ओटा मुद्दा...पूरा पढ्नुहोस् »
कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।
बैतडी– बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक बोहराका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध विच्छेदका ३४ वटा मुद्दा दर्ता भएका हुन्। तीमध्ये २९ मुद्दा फर्छ्यौट भइसकेका र ५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका २५ वटा मुद्दा दर्ता […]
म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा […]
१३ पुस, गुल्मी । जिल्ला अदालत गुल्मीमा केही वर्षयता सम्बन्धविच्छेदका मुद्दा बढेका छन् । चालु आर्थिक वर्षको पाँच महिना अर्थात गत साउनदेखि मंसिरसम्म सम्बन्ध विच्छेदका मुद्दामात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताए । जसमध्ये ८० मुद्दाको फैसला भइसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी छन् । आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध […]
१३ साउन, गोरखा । गोरखा जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७७८ मा कुल ७२८ मध्ये ३५१ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला न्यायाधीश दिनबन्धु बरालले जानकारी दिए । यो कुल मुद्दाको ४८.२१ प्रतिशत रहेको उनले बताए । तीमध्ये २५२ मुद्दा फर्छ्यौट भएको छ । […]
सरस्वती न्यौपाने, रसुवा । जिल्लामा न्यायका लागि दायर भएका अधिकांश मुद्दाहरू मध्ये पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन । यस आर्थिक वर्षमा दायर भएका ४१ मुद्दामध्ये ३६ वटा सम्बन्धविच्छेदको रहेका छन् । गत वर्षबाट सरि आएका ४१ गरि ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारिमा ३२ एवं देवानि ३९ वटा मुद्दामध्ये केही फैसला […]
नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ लागू भएपछि कन्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएपछि पुरुषले पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्न पाउने ब्यवस्था भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढेको हो ।