धान उत्पादन वृद्धिको संकेत

पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । त्यही जमीनमा धान उत्पादन वृद्धि हुनु भनेको उत्पादकत्व वृद्धि भएको हो र यसलाई विकासको संकेत मान्नुपर्छ । उत्पादन वृद्धिका लागि विभिन्न पक्षले काम गरेका हुन्छन् । मलखाद, सिँचाइ, श्रमिकलगायतको भूमिका हुने भएकाले यसपटक धान उत्पादन वृद्धि हुनुले ल अफ भेरियबल  प्रोपोर्शन चरितार्थ भएको छ । नेपालमा कृषि उत्पादन गुजारामुखी भएको भन्दै कृषि पेशाबाट पलायन हुने संख्या ठूलो छ । तर, पछिल्लो समय ठूलाठूला औद्योगिक घरानाले कृषिक्षेत्रमा लगानी गरेको पनि पाइएको छ । यस्ता समूहले कृषिबाट लाभ लिइसकेको भने अझै पाइएको छैन ।  नेपालका लागि कृषि सम्भावना बोेकेको क्षेत्र भए पनि आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा लाभ लिन नसकिएको धेरैको भनाइ छ । कृषिमा सम्भावना नदेखेका कैयन् युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । कृषिबाट पलायन भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेका बेला अहिले जसरी धानको उत्पादकत्व बढेको देखिएको छ, यही बेला सरकारले थप काम गर्नुपर्ने हुन्छ । जमीन वृद्धि नभएको तर उत्पादन वृद्धि हुनुले कृषिमा आधुनिक प्रविधिको प्रयोगको शुरुआत भएको देखाउँछ ।  त्यसैले अब सरकारले उत्पादनमा थप वृद्धि गराउन नयाँनयाँँ प्रविधिको प्रयोग तथा सिँचाइ, मल, बीउको उपलब्धतामा काम गर्नुपर्ने हुन्छ । नत्र अहिले वृद्धि भएको धान उत्पादन अर्को वर्षमा कमी नआउला भन्न सकिँदैन । कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग पनि बढेको देखिएको छ । जुन अनुपातमा रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग बढेको हो त्यसअनुसार कृषि उत्पादकत्व भने बढ्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यसको अर्थ अझै पनि यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने हो ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्वमा असर परेको हुन्छ । अहिले उत्पादन बढेको देखिए पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास भइसक्यो भन्ने अवस्था छैन ।  कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि यस वर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ । दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिस कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनैपर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले खाद्यसुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्यसुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्तालाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । त्यसैले सरकारले यो बेला उत्पादकत्व वृद्धिका लागि ठोस योजना बनाएर काम गर्नुपर्छ । 

सम्बन्धित सामग्री

बारामा धान उत्पादन बढ्यो

कलैया (बारा) –बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। गत वर्ष भने दुई लाख ५० […]

क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

यस वर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार […]

यो वर्ष धान उत्पादन बढ्ने

काठमाडौं, पुस ४ । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ। यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन […]

यो वर्ष धान उत्पादन बढ्ने

अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ।यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो। मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ। यो वर्ष मुलुक

कञ्चनपुरमा धान उत्पादन बढ्यो

कञ्चनपुरमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी...

खडेरीले नरैनापुरमा धान उत्पादन आठ गुणा घट्यो

यस वर्ष नरैनापुरमा झन्डै आठ गुणा कम धान उत्पादन भएको छ । खडेरीका कारण धान रोपाइँ नभएपछि यो वर्ष धान उत्पादन घटेको हो । यस वर्ष नरैनापुरमा दुई हजार तीन सय ८० मेट्रिकटन...

देशमा धान उत्पादन घट्यो, धनुषामा बढ्यो

मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार  चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ ।  जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो ।गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पा

साढे १३ अर्बको धान उत्पादन घट्यो

भित्र्याउने बेला वर्षा धानबालीमा क्षति पुर्‍याएपछि यो वर्ष पोहोरको तुलनामा करिब साढे १३ अर्ब रूपैयाँ कमको धान उत्पादन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान उत्पादन पोहोरको तुलनामा चार लाख ९१ हजार ८५ टनले घटेको छ।...

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ।...