अटो व्यवसायी समितिसहित सबै अटो चालक राजमोमा

दाङ । घोराहीको एउटा अटो व्यवसायी समितिसहित समिति अन्तर्गत सम्पूर्ण अटो चालकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चाको कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो । प्रवेश गर्नेहरुमा भक्तबहादुर चौधरी, प्रेम बुढा, सूर्जबहादुर पुन, फनबहादुर क्वर, चन्द्रबहादुर देबान, पदम बाह्रघरे मगर, दुखलाल चौधरी, मेघराज डाँगी, बोटबहादुर चौधरी लगायत रहनु भएको छ । अध्यक्ष आचार्यसँग भएको छलफलपछि उहाँहरु किसान मजदुरको वास्तविक पार्टी राष्ट्रिय जनमोर्चा नै भएको ठहरसहित पार्टी प्रवेशका लागि तयार हुनुभएको हो ।