संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। शुक्रबारदेखि धनगढीमा सुरु भएको फारवेष्ट ट्राभल मार्ट–२०२२ को उद्घाटन गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आग्रह गर्नुभएको हो। ‘सुदूरपश्चिमको पूर्ण रुपमा प्रचार–प्रसार गर्न म तपाईंहरुलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो।
सुदूरपश्चिम कला, संस्कृतिमा धनी रहेको उल्लेख गर्नुहुँदै मन्त्री आलेले भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने बताउनुभयो। शिवरात्रिका बेला पशुपति नाथ मन्दिरमा धेरै भारतीय दर्शनार्थी आउने गरेको चर्चा गर्नुहँुँदै मन्त्री आलेले सुदूरपश्चिमको बाटो प्रयोग गरेमा दिल्लीबाट मानसरोवर पनि नजिक रहेको बताउनुभयो।