काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ मा रहेको नागढुङ्गाबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सप्तरी राजविराज नगरपालिका-३ बस्ने २७ वर्षीय सूर्य प्रताप सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल बरामद गरेको छ ।&nb