कैदीबन्दीलाई स्वरोजगार बनाइँदै

जिल्ला कारागार कार्यालय घोराहीमा १२४ कैदी र २१५ बन्दी गरी ३३९ जना कैदीबन्दी छन् । उनीहरुमध्ये केही कैदीबन्दी कारागारभित्रै स्वरोजगार भएका छन् । भोलि जेलमुक्त भएपछि समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले उनीहरुले कारागारभित्रै सीपमुलक काम गरिरहेका छन् ।घोराही उपमहानगरपालिका–७, जन्द्रागाउँका ५५ वर्षीय कुन्ताराम थारु (परिवर्तित नाम) आफ्नै धुनमा मुढा बुन्दै थिए । कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद सजाय तोकिएका थारूले चार वर्ष कैद भुक्तान गरिसकेका छन् । चार वर्षमै उनले कारागारभित्र मुढा ब