नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।