नारायणहिटीमा रेस्टुरेन्ट ठेक्का प्रकरणका दोषीलाई कारबाही प्रकृया अझै अगाडी बढेन

काठमाडौं, माघ १४ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणका दोषीलाई कारबाहीको प्रकृया अझै अगाडी बढ्न सकेको छैन् । ठेक्का प्रकृया गलत भएको निष्कर्षसहित छानबीन समितिले प्रतिवेदन सरकारलाई बुझाएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया अगाडी नबढेको हो । पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आएपनि […]