स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले स्वास्थ्य बीमा स्वायत्त निकाय भएपनि अहिलेसम्म स्वायत्त रुपमा सञ्चालन हुन नसकेको बताए । उनले स्वास्थ्य बीमालाई जञ्जिरले बाँधिएको भन्दै […]