कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनम