सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनबाट नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै शेर्पा विजयी भएका हुन्।मंसिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनजना उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन भएको हो।मंगलबार सम्पन्न मतदानमा ८९७ मत खसेको थियो। उक्त मतमध्ये सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५१३ र निवर्तमान सभापति