तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपत्रे सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवतजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जान सक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् । […]