बागमतीले प्रदेश खेलकुद आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमतीले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस र माघमा सञ्चालन हुने भएको छ । आगामी फागुनमा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी बिहिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी दुईजनाको पद रिक्त हुँदैछ । रिक्त रहेको सो पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम तोकिएको छ

काँग्रेसको बागमती प्रदेश अधिवेशन : कार्यक्रमस्थलमा जे देखियो  (तस्बिरहरु)

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) मा आयोजना हुँदैछ । अधिवेशन आयोजना स्थलमा नेता तथा कार्यकर्ता आउने क्रम जारी छ । दिउँसो २ बजे प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।प्रदेश अधिवेशनका लागि काँग्रेस मकवानपुरले हेटौंडा बजार क्षेत्रलाई स्वागत गेट, ब्यानर, झण्डालगायतका सामग्रीले सजाउने कार्य गरेको छ भने निर्वाचन केन्द्रित गरेर प्रचार प्रचारका लागि उ

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका...

बागमती सरकारको ४ वर्ष : सुरु नै भएनन् गौरवका आयोजना

हेटौंडा : बागमती प्रदेश सरकारको कार्यकाल ४ वर्ष पुग्न लागेको छ। करिब ४ वर्षमा एमालेले एकल नेतृत्वमा दुईवटा सरकार बनायो। पार्टी विभाजनपश्चात देशैभर सत्ताच्युत हुँदै गएको एमाले बागमती प्रदेश सरकारबाट पनि बाहिरिने निश्चित छ। तर , ४ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको एमाले नेतृत्वको प्रदेश सरकारले सुरुदेखि नै प्राथमिकतामा राखेको गौरवको आयोजना हालसम्म सुरु पनि भएका छैनन्।बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा एमाले नेतृत्वको सरकारले हालसम्म ग

बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने

२३ असोज, काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत २ बर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिनादेखि माघसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले २ करोड र बागमती प्रदेश सरकारको ४ करोड […]

बागमती स्तरिय रग्वी भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ […]

४५ हजार नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा

४५ हजार चार सय ४५ नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा भएको छ । सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् ।...

केही दिनमै बागमती र प्रदेश १ मा नयाँ सरकार बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै बागमती र प्रदेश १ मा नयाँ सरकार बन्ने बताएका छन् ।  सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको जोरपाटीस्थित नयाँ वस्तीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चाँडै दुवै प्रदेशको सरकार फेर्ने बताएका हुन् ।  बागमती प्रदेशमा भदौ २ गते एमालेले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो भने भदौ ९ गते प्रदेश १ को मुख्यमन्त्रीको जिम्मेवारी भीम आचार्यले सम्हालेका थिए । एमाले विभाजन भएर नेकपा (एकीकृत ...

बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित भएपछि सांसदद्वारा नारावाजी

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो । बागमती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

पीएम कप क्रिकेट : बागमती र आर्मी दोस्रो सेमिफाइनलमा खेल्दै

१५ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । बागमती समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल […]