राहत बुझे तर अतिक्रमित भूमि छाडेनन्

सुर्खेत : सरकारले पुनर्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराएका बराहताल गाउँपालिका २ गिरिघाटमा बस्दै आएका १२५ घरधुरी अझै सामुदायिक वनमै बसेका छन्।२०७१ मा आएको बाढीले विस्थापित भएर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बसिरहेका दुई सय ५९ परिवार बाढीबाट विस्थापित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रक्रिया पूरा गरेर एक सय ५४ घरधुरीले तीन चरणमा गरी राहत रकम पाइसकेका छन्।तर, हालसम्म २९ परिवारले मात्रै उक्त ठाउँ छाडेका छन्।बाढी प्रभावितहरू बस्दै आएको वन क्षेत्र वीरे