हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् र ।जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् ।उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ ।जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए ।५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।बीबीसी