नवराज पराजुलीलाई पद्मश्री पुरस्कार, पद्मश्री सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई

‘सगरमाथाको गहिराई’ कविता संग्रहका लागि युवा कवि नवराज पराजुलीलाई पद्मश्री पुरस्कार प्रदान गरिने भएको छ ।खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले दुई लाख रुपैयाँको पद्मश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिए ।

सम्बन्धित सामग्री

पद्मश्री पुरस्कार नवराज पराजुलीको ‘सगरमाथाको गहिराई’ लाई

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०७३ को पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह 'सगरमाथाको गहिराई' लाई दिने भएको छ। यसैगरी वि.सं. २०७२ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानद्वारा विज्ञप्ति जारी गरी जानकारी दिएको छ। पद्मश्री पुरस्कारको मनोनयनमा पराजुलीको 'सगरमाथाको गहिराई', जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमांडु', राज…