नेशन्स लिगमा स्पेन र स्विट्जरल्याण्ड विजयी

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा स्पेनले चेक रिपब्लिकलाई २–० ले पराजित गरेकाे छ । स्पेनको मालागामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कार्लोस सोलर र पाब्लो साराबियाले एक एक गोल गरेका थिए। जितसँगै स्पेनले नेशन्स लिगको समूह ए–२ मा अग्रता लिएको छ । स्पेनको ४ खेलबाट ८ अंक भएको छ । समान […]

सम्बन्धित सामग्री

नेपालीहरूले ओठमै उडाए २८ करोड, उजबेकिस्तानदेखि भिययतनामसम्मका लिपस्टिक नेपालमा

काठमाडौं । नारीहरुले ओठमा  लगाउने लिपस्टिक खरीदका लागि नौ महीनामा झण्डै २८ करोड रुपैयाँ बाहिरिएको छ ।  भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नेपालले २७ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ५७९ किलोग्राम लिपस्टिक (Lipstick) लगायतका लिप मेकअपका सामान आयात भएका छन् । गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको २ लाख २५ हजार १०१ किलोग्राम लिप मेकअपको समान आयात गरेको थियो । चालू वर्षमा परिमाण घटेपनि मूल्य भने बढेको छ । नेपालमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, डेनमार्क, फ्रान्स,जर्मनी, हंगकंग, भारत, इन्डोनेसिया, इजरायल, इटाली, कोरिया, लक्जमबर्ग, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशहरुबाट लिप मेकअपको सामाग्री आयात भएका छन् ।  यो नौ महीनामा सबैभन्दा धेरै भारतबाट १३ करोड २८ लाख ३७ हजार रुपैयाँ बराबरको ४२ हजार ७१२ किलोग्राम र चिनबाट ८ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ४२८ किलोग्राम लिप मेकअपको सामाग्री आयात भएको तथ्याकं छ । यी हुन् सबैभन्दा धेरै लिपस्टिक आयात हुने देशहरू

विश्वकप फुटबल : आज नकआउट चरणका अन्तिम दुई खेल

फिफा विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछ। कतारको एजुकेसन सिटी  स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।लुसिल स्टेडियममा राति पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन्। पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को

विश्वकप छनौटमा स्पेन, बेल्जीयम र जर्मनीको फराकिलो जित

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत युरोपेली समुहको छनौट खेलमा स्पेन, बेल्जीयम, पोल्याण्ड र जर्मनीले फरााकिलो जित निकालेका छन् । समुह ‘बी’ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४–० ले हरायो । यही समुहको अर्को खेलमा कोसोभो र ग्रिसले १–१ गोलको बराबरी खेले । समुह ‘सि’ को खेलमा स्विट्जरल्याण्ड र इटालीले गोलरहित बराबरीमा चित्त बुझाए । यो बराबरीसँगै इटालीले […]

युरोकप : स्पेनविरुद्ध स्विट्जरल्याण्डको पहिलो भेट, इतिहास बनाउने अवसर

काठमाडाैं : विश्व च्याम्पियन फ्रान्सलाई हराएर क्वार्टरफाइनल यात्रा तय गरेको स्विट्जरल्याण्ड नयाँ इतिहास बनाउन आज राति पाैने १० बजे युरोकपमा स्पेनविरुद्ध मैदान उत्रँदै छ।पहिलोपटक युरोमा एकअर्का विरुद्ध भिड्न लागेका यी दुई टिमको लक्ष्य अन्तिम चारमा हुनेछ। पाँचौँ पटक युरोकप खेलिरहेको स्विट्जरल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्ने इतिहास बनाउन मैदान उत्रँदा स्पेन भने आफ्नो विरासत फर्काउन मैदानमा हुनेछ।स्विट्जरल्यान्डले युरोकप पहिलोपटक सन् १९९६ मा खेलेयता २०१६ मा मात्र नकआउटमा प्

युरोकपः क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । स्विटजरल्याण्डले भने प्रि क्वाटरफाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो […]

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।