काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयलाई चिकित्साशास्त्र अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयलाई चिकित्साशास्त्र पढाइका लागि विद्यमान ऐन, नियमावली संशोधन गरेर भएपनि आरक्षण दिन सरकारलाई निर्देशन दिएको हो। समितिकी सभापति जयपुरी घर्तीले ऐनले व्यवस्था गरेअनुसार आरक्षणको व्यवस्था गर्न र भविष्य