गृहमन्त्री खाँणबाटै कांग्रेस कार्यकर्ता असुरक्षित ! मतगणनास्थलमा नाकको डाँडी भाँचियो

रूपन्देहीमा कांग्रेस कार्यकर्ता गृहमन्त्री बालकृष्ण खाँणबाटै असुरक्षित महसूस गर्न थालेका छन् । गृहमन्त्री खाँणका भाइ रामकृष्णको निर्देशनमा खाँण समर्थक कार्यकर्ताले कांग्रेसका क्षेत्रीय कार्यसमितिका उम्मेदवारलाई नै कुटेका छन् ।  कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार भएको रुपन्देही क्षेत्र नम्बर ३(१) को मतगणना चलिरहँदा खाँण समर्थकले रामचन्द्र पौडेल पक्षका उम्मेदवार शैलेशकुमार पन्तसहित ५ जनालाई निर्घात कुटेका छन् । क्षेत्र नम्बर ३ गृहमन्त्री खाँणले २ पटक निर्वाचन जितेको क्षेत्र हो ।  रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहाद...