काठमाडौँः चीनले प्रतिनिधि सभाबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताको व्याख्यात्मक टिप्पणीलाई नजिकबाट नियालिरहेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालको निर्णय र व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको बताएका हुन्।
उनले चीनले पटकपटक अन्तर्राष्ट्रिय विकास साझेदारी आपसी सम्मानको सिद्धान्त र देशको सार्वभौमिकताका आधारमा हुनुपर्ने बताइरहेको भन्दै त्यस्तो सहयोग सम्बन्धित देशका…