माडी नगरपालिकाको उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतको जंगल छ । पूर्व र पश्चिममा निकुञ्ज र सोमेश्वर जंगल आपसमा मिलेका छन् । चारैतर्फ जंगलले घेरिएको उपत्यका माडीमा पर्यटकीय गतिविधि बिस्तारै बढ्दै छन् । जंगल भएको चितवन निकुञ्ज आडका गाउँगाउँमा जिप सफारी फस्टाएको छ । तर माडीमा जिप सफारी छैन भन्दा पनि हुन्छ ।