मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी गराए । मन्त्रीपरि