काठमाडौं । यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरिएका स्ट्राइकर डार्विन नुनेजले गोल गरेको खेलमा लिभरपुलले शनिबार राति प्रिमियर लिगको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
उरुग्वेका स्ट्राइकर नुनेज बेन्फिकाबाट सात करोड ५० लाख युरोमा लिभरपुल आएका थिए । लिभरपुलमा पहिलो सिजन नै उनले उपाधिबाट सुरुआत गरेका...