भौतिक पूर्वाधारका हिसाबले विकट मानिने त्रियुगा नगरपालिका–५ र ६ लाई जोड्ने सुविधा सम्पन्न सडक निर्माण हुने भएको छ । प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निर्माण थालिएको हो ।
त्रियुगा नगरपालिका–५ को दमौतीबाट बुर्जाकान्ला लालपत्ता र घनचक्रे जोड्ने २० किमि लामो कालोपत्रे सहितको सडक निर्माणका लागि ४० करोड रुपैयाँ इस्टिमेट प्रदेश सरकारले तयार गरेको छ ।