पारा तेक्वान्दोः ग्राण्ड प्रिक्स फाइनलमा सृजनालाई स्वर्ण, विश्व वरीयतामा छलाङ

२३ मंसिर, काठमाडौं । नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाइनल (जी१०) प्रतियोगितामा नेपालका लागि स्वर्ण जितेकी छन् । साउदी अरेबियाको रियादमा गएराति सम्पन्न फाइनलमा पारा तेक्वान्दो के ४४ विधाअन्तर्गत ५२ केजीमूनि तौलसमूहमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी क्याभडर मेरयेम बेटुललाई १२-० अंकका आधारमा पराजित गर्दै ऐतिहासिक स्वर्ण जितेकी हुन् । नेपाली पारा […]