काठमाडौं: प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ। धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। गत बैशाख २१ गते बुधबार सर्वोच्चका न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको थियो। सो दिन सुनुवाई नसकिएपछि सरकारको निर्णयविरुद्ध परेको रिट हेर्दा हेर्दैमा राखिएको थियो।