साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरान छिमेकी मुलुक भएको र उससित राम्रो सम्बन्ध राख्न चाहेको बताएका छन् ।
दुई देशका वरिष्ठ अधिकारीबीच इराकमा गोप्य कुराकानी भएको खबर आइरहँदा युवराजको यो बयान आएको हो ।
इरान र साउदी अरब पुराना शत्रु हुन् र दुई देश पश्चिम एसियामा एकअर्काको प्रभाव कम गर्ने कोशिश गरिरहेका छन् । तर सन् २०१६ मा शिया धर्मगुरु शेख अल–नमरलाई साउदीमा फाँसी दिइएपछि दुई देशबीत तनाव बढेको थियो ।
त्यसपछि इरानमा साउदी अरबविरुद्ध विरोध प्रदर्शन भयो र प्रदर्शनकारीहरूको एक गुटले स...