आज थप ५,९०४ ले जिते कोरोना

काठमाडौँ। गत २४ घण्टामा नेपालमा ५,९०४ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,६७,४६७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८१.०३ प्रतिशत निको भएका हुन्।

सम्बन्धित सामग्री

आज १८ सय ८५ जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय ८५ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण जित्नेको संख्या छ लाख ७५ हजार ८३ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव तीन प्रतिशतले कोरोना संक्रमण जितिसकेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सात लाख ९५ हजार ३९१ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।

आज २ हजार २० जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २० जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्, भने संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत छ। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।

आज १८ सय १६ जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय १६ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा चार दशमलव ४७ प्रतिशतले संक्रमण जितेका छन्। हालसम्म नेपालमा छ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा संक्रमितहरुमध्ये ९४ दशमलव १ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।

आज १९ सय ९३ जनाले जिते कोरोना

काठमाडौं। पछिल्लो २४ घण्टामा १९ सय ९३ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९४ दशमलव तीन प्रतिशतले कोरोना जितेका छन्। हालसम्म नेपालमा छ लाख ४९ हजार ७२ जनाले कोरोना जितेको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको मन्त्रालयले जनाएको छ।

आज १२ सय ८८ जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ८८ जनाले कोरोना संक्रमण जितेका छन्। सोसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या छ लाख ३७ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २७ हजार १६९ पुगेको छ।

कर्णालीमा १८४ जनाले जिते कोरोना

कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ । पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट

आज ३५ सय ९८ जनाले कोरोना जिते

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ५९८ जना निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये ९० प्रशितभन्दा बढी निको भइसको छन्। नेपालमा हालसम्म ६ लाख ५६ हजार ८९१ जनामा कोरोना संक्रमण देखिएको छ।

सूर्य थापाले जिते कोरोना

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना संक्रमणलाई जितेका छन् । आज सामाजिक सञ्जालमाफैत थापाले आज दश दिनमा कोरोनालाई पराजित गरेको जानकारी गराएका छन् । उनले लेखेका छन्-“सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे […]

खानेपानी मन्त्रीले पनि जिते कोरोना

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।

दुई मन्त्रीले जिते कोरोना

केपी ओली सरकारका दुई मन्त्रीले आज कोरोना जितेका छन् । खानेपानी मन्त्री मणि थापा र पर्यटन मन्त्री भानुभक्त ढकालले  कोरोना जितेका हुन् । आज गरिएको परीक्षणमा दुबैको रिपोर्ट जेगेटिभ आएको हो।