काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।  घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरि