काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले संविधानसभाको अध्यक्षता गरेका सुवासचन्द्र नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका छन् ।बुधबार ट्वीट गर्दै उनले प्रतिनिधिसभा विघटनका सम्बन्धमा नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका हुन् ।‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुँदैछ । म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,’ थापाले लेखेका छन्, ‘जसलाई संविधानका अक्षर त्यसको स्