काठमाडौं। नेकपा एमालेले खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै आइटी आर्मीको घोषणा गरेको छ। मंगलबार चन्द्रभुषण साहको संयोजकत्वमा गठन भएको संगठनको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरेको छ। आइटी आर्मीले सूचना प्रविधिको सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिति लगायतका विसंगति हटाउने र समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने घोषणापत्रमा उल्लेख छ। यसअघि एमालेले साइवर सेना घोषणा गरेको थियो।