देशैभर स्वतन्त्र उम्मेदवारको लहर : कहाँ कसले जिते ?

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा भन्दा यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।काठमाडौं महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु कोही जितको नजिक पुगेका छन् भने केही स्थानमा जित निकालेका छन् । सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्