सेयर बजारमा करको करकर कहिलेसम्म ?

सेयर (धितोपत्र) बजारमा करको करकर र छलफल सुरु भएको करिब तीन वर्ष हुन लागिसक्यो । यसबीचमा पुँजीगत लाभकर, लाभांश कर, प्यान र भ्याटका अनेक बहसदेखि आन्दोलन अनि छलफल भएर कतिपय समस्याको समधान पनि भए । लाभांश करमा पुनरावलोकन भई ५ प्रतिशत नै कायम भयो भने भ्याटको समस्या सदाका लागि समाधान भयो । प्यानमा केही समाधान र केही अन्योलता छ । लाभांशमा दोहोरो करको निरुपण हुन सकेको छैन । सबैभन्दा टड्कारो लाभकरमा दरभन्दा लागतसम्बन्धी अवधारणा, गणना विधि र सफ्टवेयर, काटिएको करको यथार्थता र आधिकारिक मान्यताजस्ता सवालहरू विशेष गरी दीर्घकालीन लगानीकर्ताहरूले उठाउँदै आएका छन् । सरकार, नियामक र लगानीकर्ताहरूबीच विश्वसनीयता बढाउँदै सहकार्यबाट सेयर बजारको विकास र विस्तारका लागि पनि अबको बजेट तथा आर्थिक नीतिमार्फत करको करकर बन्द हुने कानुनी व्यवस्था गरिनुपर्छ ।

सम्बन्धित सामग्री

नेप्से सूचक २५ सयमा झर्यो, सेयर बजारको ओरालो यात्रा कहिलेसम्म ?

मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.८५ अंकले घट्दै ४४७.१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।