गाउँसभाको विशेष प्रस्ताव : राज्यमन्त्रीको टिप्पणीप्रति खेद प्रकट

ओखलढुंगा : ओखलढुंगास्थित चिशंखुगढी गाउँपालिकाको गाउँ सभाले प्रदेश नं. १ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले गरेको टिप्पणीप्रति खेद प्रकट गरेको छ। गाउँसभाले राज्यमन्त्रीको टिप्पणीप्रति खेद प्रकट गर्दै विशेष प्रस्ताव नै पारित गरेको छ। गत माघ ३० गते चिशंखुगढी गाउँपालिकाको वडा नं. २ को खीभञ्ज्याङमा ओली समूहको कार्यक्रममा राज्यमन्त्री गुरुङले गाउँपालिकाका जनप्रतिनिधिहरूको मर्यादा नराखी अभिव्यक्ति दिएका कारण गाउँ सभाले नै राज्यमन्त्री विरुद्ध खेद प्रकट गरेको