नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ ।
ज्वरो आएपछि मंगलवार काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका खनालको मिर्गौलामा समस्या देखिएको अस्पताल स्रोतले बतायो ।
मिर्गौलामा समस्या देखिएपछि खनाललाई थप उपचारका लागि भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी भएको छ । खनाललाई बुधवार नै दिल्ली लैजाने तयारी भएको छ ।
खनाल केही महिना पहिले दिल्लीमै उपचार गरेर फर्केका थिए । एमाले नेता माधव नेपाल सहितका नेताहरुले हिजो नर्भिक अस्पतालमा पुगेर खनालको स्वा...