काठमाडौं : टेनिस स्टार नोभाक जोकोभिचले शनिबार नयाँ इतिहास बनाएका छन्।
उनी फ्रेन्च ओपनमा लगातार १२ सिजन चौंथो चरणमा प्रवेश गरे। शीर्ष वरीयताका जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म कुनै पनि सेट गुमाएका छैनन्। उनले तेस्रो चरणमा ९३ औं वरीयता प्राप्त रिकार्ड सबेरान्किन्सलाई ६-१ ६-४ र ६-१ को सोझो सेटमा पराजित गरे।
पेरिसमा जोकोभिच भन्दा अघि २००५ देखी २०१५ सम्म नाडाल र फेडेररले लगातार चौंथो चरण पुगेका थिए। ३४ वर्षीय जोकोभिच दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने होडमा छन्। उनी समग्रमा १९ औ ग्रान्डसलामको खोजी...