चलचित्र ‘करोडपति’को पोस्टर टाँसेर जीविका चलाएका ‘जोगिन्दर’ आफैँ करोडपति

०५२ तिरको एक दिन, काठमाडौंका सडकमा हिँड्दै गर्दा अहिलेका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को भेट अर्का अहिलेका चर्चित नृत्य निर्देशक शिव विकसँग भयो । त्यति बेला यी दुवै जीविकाको खोजीमा थिए । विक कलाकार बन्ने सोचले चितवनबाट काठमाडाैं आएका थिए । पाटनमा बसेर मूर्ति बनाउने विकले उनलाई आश्रय दिए । करिब दुई महिना सडकमा भौँतारिएपछि जोगिन्दरले कोठाको बास पाएका थिए ।विकसँग बस्दै गर्दा एक दिन ‘जोगिन्दर’ सडकमा निस्किएका थिए । केही मानिस माइकिङ गर्दै फिल्मको पोस्टर टा