मकवानपुरको सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुल्यो

काठमाण्डौ – पहिरोका कारण तीन दिनदेखि बन्द रहेको मकवानपुरको सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुलेको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिरोका कारण आइतवारदेखि बन्द भएको सडकखण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार पहिरो हटाएपछि गाडी चल्न थालेका हुन् । पहिरोका कारण हेटौ‌ंडा–भीमफेदी हुँदै काठमाण्डौ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना गाडी वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । त्रिभ...