वर्षा र हिमपातका कारण सुठो कुहिन थालेपछि डोटीका किसान चिन्तित

डाेटी - अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गरेका डोटीका किसान वर्षा र हिमपातका कारण समस्यामा परेका छन् । लगातारजसोकाे वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने जोखिम बढेको छ ।आफूले गरेको मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको बडिकेदार गाउँपालिकाका किसानकाे गुनासाे छ ।  अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको यो पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । किसानले उत्प...