नेसपाको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मन्त्रिपरिषद्‍मा सांसद नराख्‍न संविधान संशोधनको मुद्दा

माओवादी केन्द्रको चुनाव चिह्न 'हँसिया हथौडा' लिएर चुनावी मैदानमा उत्रिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावी घोषणापत्र तयार गरेको छ । उक्त घोषणापत्र आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार उठाएको उक्त पार्टीले संविधान संशोधन गर्नुपर्ने र त्यसमार्फत 'लोकतन्त्रको लोकतान्त्रीकरण गर्नुपर्ने' मूल चुनावी लक्ष्य तय गरेको छ ।

सम्बन्धित सामग्री