लुम्बिनी प्रदेशमा कोेरानाको ग्राफ पुनः बढ्दै गर्दा भारतीय सीमा नाकामा भने चेकजाँच फितलो नै रहेको पाइएको छ । केही दिन अघि प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि अस्पतालहरू सञ्चालन र सीमा नाकामा चेकजाँच कडाई गर्ने निर्णय गरेको थियो । तर पनि सीमा नाकामा भने अझै प्रभावकारी ढंगले चेकजाँच नभएको पाइएको हो ।पछिल्लो साता रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अवधिमा एन्टिजेन परीक्षण २३४० गर्दा ४१८ जनामा संक्रमण पुष्टि