एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जन

सम्बन्धित सामग्री

एसिड आक्रमणबाट घाइते महिलाको उपचारमा समस्या

२४ चैत, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बराको कलैया बस्दै आएकी २८ वर्षीया सीता भनिने कविता पटेल एसिड आक्रमणबाट घाइते छिन् । ११ चैतमा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड आक्रमण भएको थियो । जेठाजु रामबाबु साह र ससुरा हवारी साहले नचिनेका अरु दुई जना मानिसको सहयोगमा एसिड प्रहार गरेको आरोप […]

एसिड प्रहारसम्बन्धी अध्यादेश निष्क्रिय भएको भोलिपल्टै एसिड प्रहार

वीरगञ्जकी २८ वर्षीया सीता पटेलमाथि चैत ११ गते राति एसिड प्रहार भयो । बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा सवार २ जनाले उनलाई एसिड प्रहार गरेका थिए । पीडितले उक्त घटनामा जेठाजु ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिइन् । त्यस्तै, फागुन २१ गते भक्तपुर सूर्यविनायक गाम्छा निवासी ६० वर्षीय पूजा गुभाजुलाई उनकै श्रीमान्ले तेजाब प्रहार गरे । उनलाई श्रीमान्ले हानिकारक रसायनका साथै छुरासमेत प्रहार गरे । हिंसाको स्वरूप अनेक प्रकारको हुन्छ । सकेसम्म कसै

एसिड प्रहार गर्ने ससुरा र जेठाजु पक्राउ

एसिड प्रहार गरी फरार रहेका ससुरा र जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १३ श्रीपुर निवासी ५० बर्षे ससुरा हवारी साह र ३२ बर्षे जेठाजु रामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

महिलालाई एसिड प्रहार गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।