कानुनमन्त्रीको आक्रोश : संविधान, न्यायपालिका र परराष्ट्र नीतिबारे जथाभावी नबोल्नुस्

कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर ‘काम चलाउ’ सरकारको कुरा नगर्न प्रतिपक्ष सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।‘के हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? यत्रो जनआन्दोलन, सशस्त्र संघर्ष हुँदै संविधानसभाबाट निर्माण भएको संविधानले स्ट्यावल गर्भमेन्टको कल्पना गर्यो’, कोइरालाले भने, ‘सवाल को सरकारमा छ भन्ने होइन ।’उनले सवाल कुन खालको लोकतन्त्रको अभ्या