रास्वपाका दुई मन्त्री स्वार्थ बाझिने मन्त्रालयमा रहेको दाबीसहित उजुरी, जिम्मेवारी हेरफेर नभए अदालत जाने चेतावनी

काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज सफलले लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता गराएका हुन् । ‘२०८० फाल्गुन २३ गते […]