पर्साका आसलाग्दा सहकारी व्यवस्थित हुन आफैँ अग्रसर

पर्सा : स्थानीय सरकारबाट सहकारी क्षेत्रको विकृति न्यूनीकरणमा भरोसा नभएपछि पर्साका आसलाग्दा सहकारी आफैँ व्यवस्थित भएर चल्न अग्रसर भएका छन्।राज्यको नीतिअनुसार सही तवरले चलेका सहकारीहरू आफैँ गोलबद्द हुँदै व्यवस्थित भएर अगाडि बढ्न अग्रसर भएका हुन्।‘सहकारीको नीति र सेवा प्रवाह दुवैतर्फ चुस्त दुरुस्त भएर अगाडि नबढे राज्यको तीनखम्बे अर्थ नीतिको एउटा खम्बा कमजोर हुने निष्कर्ष रह्यो’ जिल्ला बचत संघ पर्साका महासचिव जिष्नु बरालले भने। यो निष्कर्षअनुसार साबिकको ढर्राभन्दा सहकारीले समयसापेक्