विज्ञान तथा प्रविधिका कारण रासायनिक फोहर, मर्करी, लिडजस्ता ई–वयस्ट वृद्धि भइरहेको छ । भौतिक निर्माण, कलकारखाना, सवारी साधन, डढेलोका कारण कार्बनडाइअक्साइड, मिथेन, सल्फरडाइअक्साइडजस्ता हरितगृह ग्यासको उत्सर्जन भइरहेको छ । फलस्वरूप पर्यावरण असन्तुलित भइरहेको छ । पर्यावरण असन्तुलित हुँदा जैविक विविधता, विश्व तापमान र ओजन तहमा नकारात्मक असर परिरहेको छ ।